अभिनेता शिव श्रेष्ठ को अभिनय रहेको, अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक
काठमाडौं २५,भदाै । व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।
अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। उनले भनिन्, ‘बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।’ उनी आमाको स्वर्गाहोरण पछि बाबाले आमा-बाबा दुबैको माया दिनुभएको बाबालाई यस गीत उपहार दिएको बाउँछिन्।
युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय देख्न सकिन्छ। भिडियो केही सन्देशमुलक पनि बनाइएको निर्देशक वाइवा बताउँछन्। भन्छन्, ‘अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा यस भिडियो तयार पारेको छौं।’
त्यस्तै अभिनेता शिव श्रेष्ठले यस भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी भएको बताए। उनले भने, ‘धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ।’ हर्षिका पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताउँछिन्।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादनको जिम्मा निशान घिमिरेले लिएका छन्।
हेर्नुहोस् भिडियो :
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...