ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ हुँदै

काठमाडौं २५,भदाै । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ गर्दैछ ।

उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको छ भने बाँकी तीनवटा उजुरी छन् । उजुरीकर्तासँग समितिले आइतबार नै सुनुवाइ गरिसकेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रलाई अहिले बिहान ९ बजे बोलाएको छ । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप छ ।

त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप छ । प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको छ । संसदीय सुनुवाइ समितिमा मिश्रले यि विषयमा स्पष्ट पार्नुपर्ने हुन्छ ।

समितिले सुनुवाइपछि अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिमा दुईतिहाइले प्रस्तावित व्यक्तिलाई अस्वीकृत पनि गर्न सक्छ । यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org