ताजा समाचार

निर्मला प्रकरणः छानविन समितिका सदस्यको राजीनामाले समिति कै नियतमाथी शंका, समातिएलान त दोषी ?

राजनीति छानबिन समितिबाट केसीले राजीनामा दिँदै भने– निर्मलालाई न्याय दिन सकिनँ, मेरै ज्यान जोखिममा पर्‍यो

काठमाडौ २५ भदाै ,१३ वर्षीय बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित समितिमा असन्तुष्टी देखिएको छ। छानबिन समितिका एक सदस्यले छानबिनबारे थप भएको समयमा असन्तुष्टि जनाएका छन्। समितिको छानबिन समय सकिएर गृहमन्त्रालयलाई प्रतिवेदन बुझाउने समयमा उपसचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गरेका हुन्।उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हुन्।

सरकारले घटनाको अनुसन्धान गर्ने आइतवार १५ दिन म्याद थप गरेको छ। म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका छन्। केसीले  भने,’ म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो। अब म समितिमा बसेर काम गर्दिनँ।’ केसीले समितिको छानविनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको बताए।

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। कञ्चनपुरमा अनुसन्धान गरिसकेको  टोलीले सोमवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने कार्यक्रम थियो। समय थप गर्दा अनुसन्धानमा जटिलता आउने र हत्यारा भाग्न सक्ने भएकाले म्याद थप गर्न नमिल्ने केसी बताउँछन्। ‘म्याद थप गर्नु हुँदैन थियो। म्याद थप गर्दा अपराधी पक्राउ गर्न समस्या हुन्छ। हत्यारा भाग्ने खतरा बढ्न सक्छ।’

समितिले शुक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धानमा त्रुटि देखिएको औँल्याएको थियो। संयोजक मैनालीले अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको बताएका थिए।

केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाएका छन् । उनले भने, “निर्मलाको न्यायका लागिनै मैले राजीनामा दिएको हुँ । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो । अब म समितिमा बसेर काम गर्दिनँ ।”

केसीले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पष्ट पारे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org