ताजा समाचार

पोखरादेखि मुक्तिनाथसम्म केवलकार निर्माण हुने, लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच सम्झौंता

काठमाडौं २८,भदाै । कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार निर्माण हुने भएको छ।

केवलकार निर्माण र संचालनका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच वुधबार सम्झौंता भयो।सम्मझौंतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरे।

कम्पनीले मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केवलकार निर्माण गर्नेछ।केवलकारका ६ वटा स्टेशन हुनेछन्।बोर्डका अनुसार विरठाँटी,घोरेपानीदेखि तातोपानी,तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम,जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ।

आयोजनाको लागत ३५ अर्ब हुने अनुमान गरिएको छ।यो आयोजनाकव विस्तृत सम्भाब्यता अध्ययनका लागि १८ महिना र केवलकार निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org