ताजा समाचार

आयल निगमले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थाल्यो खड्काको राजिनामापछि, को-को छन दाैडमा ?

काठमाडाैँ २९,भदाै ।नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदपुर्तिको प्रकृया अगाडि बढाएको छ। कार्यकारी निर्देशकको पदका लागि असोज १२ गतेसम्म इच्छुक नेपाली नागरिकले गोप्य आवेदन दिनु पर्ने निगमले जनाएको छ।

कार्यकारी निर्देशकको पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्छ। यसका साथै व्यवस्थापनमा स्नातकोत्तर गरि चार्टर्ड एकाउण्टेन्ट गरेको र सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्छ। त्यस्तै ३० वर्ष पुराभइ ६५ वर्ष ननाघेको हुनु पर्ने निगमले जनाएको छ।

निवेदनका साथै ५ हजार शब्द नबढ्ने गरि व्यावसायिक योजना र कम्तिमा दुर्इ वटा ‘केस स्टडी’ पेश गर्नु पर्नेछ। निगमले प्राप्त निवेदनका आधार छनोट गरेका व्यक्तीले निवेदनका साथ पेस गरेको व्यावसायिक योजना र ‘केस स्टडी’को प्रस्तुतीकरण दिनु पर्ने हुन्छ।

आयल निगमको कार्यकारी निर्देशक पद गत जेठ २३ गते गोपालबहादुर खड्काले राजिनामा दिएसँगै रिक्त रहेको छ। निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सरकारले उनलार्इ पदमुक्त गरेर मन्त्रालय तानेको थियो। पछि अदालतले उनलार्इ पुनः निगम फर्काएको थियो। अदालतले उनलार्इ निगममा फर्काए पनि आफ्नो कार्यकालको ६ महिना अगाडि नै राजिनामा दिएका थिए।

आयल निगमको कार्यकारी निर्देशक पदका लागि हाल निगमकै निमित्त कार्यकारी निर्देशक शुशिल भट्टरार्इ, उदयपुर सिमेन्टका महाप्रवन्धक सुरेन्द्रप्रसाद पौडेल, निगमका पूर्व निर्देशक मुकुन्द घिमिरे लगायतका व्यक्ती दौडमा रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org