ताजा समाचार

मन्त्रिपरिषद बैठक : वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

काठमाडाैँ १,असोज । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो ।

पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समिति को स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो। खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन्।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको हो। हालका महाप्रबन्धक कशांकारको समय सकिन साढे ८ महिना बाँकी छ। खरेल यसअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धकमा छानिएका थिए। ०७१ चैतमा उनले चार वर्षको कार्यकाल पुरा नगरी २९ महिनामै राजिनामा दिएपछि सरकारले कशांकारलाई चार वर्षकालागि नियुक्त गरेको थियो।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो ।

पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो।

खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन्।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको हो। हालका महाप्रबन्धक कशांकारको समय सकिन साढे ८ महिना बाँकी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org