ताजा समाचार

नेपाललाई चिनियाँ सहयोग महङ्गो सावित हुनेछः भारतीय सेना प्रमुख

काठमाडाैं १,असोज । भारतीय सेना प्रमुख बीपिन रावतले चिनियाँ आर्थिक सहयोग नेपाल लगायत अन्य मुलुकलाई महङ्गो पर्ने भन्दै चेतावनी दिएका छन् ।

भारतको महाराष्ट्रस्थित पुणेमा आयोजीत ‘पहिलो बिमस्टेक सैन्य अभ्यास’को समापन कार्यक्रममा बोल्दै सेना प्रमुख रावतले नेपाल र भूटानको चीनसँगको सम्बन्धलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

चीसंगको सहयोग नेपाल, भुटान र पाकिस्तान लगायतका देशलाई सित्तैमा केहि पनि पाइदैन भन्ने कुरा विस्तारै थाहा हुने भन्दै उनीहरुको सम्बन्ध अस्थाई भएको टिप्पणी समेत गरेका हुन् ।

उनले भुटान र नेपाल जस्ता मुलुकहरु भौगोलीक बाध्यताका कारण पनि भारतसँगको सम्बन्धलाई तोड्न नसक्ने बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय नेपाल र चीनबीच बढिरहेको व्यापारिक सम्बन्धका विषयमा बोल्दै रावतले भौगोलीक अवस्थाले पनि नेपाललाई चीनसँगको सम्बन्ध स्थाई रहन नसक्ने बताएका छन् ।

‘नेपाल भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरुले भौगोलकि बाध्यताले पनि स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ ।’ पाकिस्तान र अमेरिकाबीचको सम्बन्धको उदाहरण दिँदै उनले भने ‘हाम्रो नेतृत्वले लिएको छिमेकीलाई प्राथमिकतामा राख्ने नीति अन्तर्गत बिमस्टेक पनि पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं ।’

बिमस्टेकको काठमाडौँमा उद्घाटन भएपछि साताव्यापी सञ्चालनमा आएको उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्डले औपचारिक रुपमा सहभागी नभएर पर्यवेक्षकका रुपमा मात्रै सहभागिता जनाएका थिए ।

तर, प्रधानमन्त्री केपी शर्मा आेलीले मुलुकमा संयुक्त सैन्य अभ्यासमा भएको विवादलाई मत्थर पार्न भन्दै स्थगन गरेका थिए । भारतले भने आेलीले चालेको कदमलाई गम्भीर रहेको भन्दै टिप्पणी समेत गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org