ताजा समाचार

यसरी मनाइयो संविधान दिवसको उत्सव( हेर्नुहोस १५ तस्विर)

काठमाडौं ३,असोज । नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।

आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org