ताजा समाचार

निर्मला पन्त हत्या : निर्मलाकाे फाेटाे सुट गरेकाे हाेटलकाे सिसिटीभी रिकभर गर्दै प्रहरी

काठमाडाैँ ५,असोज । १३ वर्षिय वालिका निर्मला पन्त हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाकोे फोटोसुट गरेका थिए ।

सोही दिन उनको जन्मदिनसमेत थियो । त्यसैले कतिपय स्थानीयले घटनामा उनको संलग्नताको समेत आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

होटेलको सिसिटिभीको फुटेज डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो । सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए  । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्काे सिसिटिभीको हाडडिस्क पनि ‘रिकभर’ गर्न लागिएको छ ।

होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org