आयात रोके लगत्तै चिनीको मुल्य आकाशीयो
काठमाडाैँ ५,असोज । स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ ।
यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्याएका हुन् ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यले चिनीको मूल्य बढेको बताए । उनले आयातित चिनी र स्वदेशी चिनीको मूल्य फरक रहेकोमा सरकारले कोटा तोकेपछि एकनास भएको जानकारी दिए ।
‘साल्ट ट्रेडिङले यसअघि नै ७५ रुपैयाँसम्म चिनी बेच्थ्यो, तर आयातित चिनी बजारमा सस्तो थियो,’ उनले भने, ‘अब होलसेलमै चिनी महगिंएको छ, खुद्रा बजारमा सस्तो हुने कुरै भएन ।’
गत आइतबारको मन्त्रिपरिषद बैठकले १ लाख मेटि्रक टन आयात गर्दा आन्तरिक माग धान्न सकिने अवस्था रहेको ठहर गर्दै चिनीको आयातमा सीमा तोकेको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनीको मूल्यबृद्धिबारे जानकारी आएको बताए ।
‘उद्योग र खुद्राको मूल्यमा कति फरक छ भनेर बुझ्दैछौं’, उनले भने, ‘अस्वभाविक रुपमा बढाएको भए कारवाही गर्छौ ।’
भारतमा चिनी प्रतिकिलो ३३ रुपैयाँ छ । आयातमा प्रतिबन्ध लगायए पनि खुला सीमाका कारण तस्करी हुने खतरा छ । पहिल्यै आयात गरिसकेका व्यापारीले चाडबाडको मुखमा अभावर कालोबजा सिर्जना गरेर गर्न सक्ने चिन्ता उपभोक्ताकर्मीहरुले व्यक्त गरेका छन् ।
उपभोक्ताकर्मी माधव तिमल्सिनाले भने, ‘चिनी खपत हुने मुख्य समयमै आयातमा प्रतिबन्ध लगाउँदा कालोबजारी मौलाउँछ ।’
नेपालमा वर्षमा २ लाख ८० मेटि्रक टन चिनीको माग हुन्छ । तर नेपाली चिनी उद्योगले वर्षमा मुस्किलले १ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्छन् ।
सरकारले तोकेको सिलिङले बजारमा ६० हजार मेटि्रक टन चिनीको अभाव हुने देखिएको छ । घटस्थापनाको २० दिनअघि सुरु भएको चिनीको मूल्यबृद्धि दशैंसम्म अनपेक्षित रुपमा बढ्ने संकेत देखिएको खुद्रा व्यापारीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...