ताजा समाचार

अस्पतालमै ११ वर्षिया बालिका बलात्कृत

दिल्ली ६,असोज । भारतको दिल्लीस्थित एक अस्पतालमा भर्ना भएकी बालिकामाथि बलात्कार भएको छ ।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार दिल्लीको रोहिणी सेक्टर १५ स्थित इएसआइसी अस्पतालमा शुक्रबार ११ वर्षे बालिकामाथि बलात्कार भएको हो ।

खबरका अनुसार अस्पतालमा सफा गर्ने कर्मचारीले बालिका बलात्कार गरेका हुन् । पुलिसले अभियुक्तलाई पक्राउ गरिसकेको छ ।

अभियुक्तविरुद्ध बलात्कार, अपहरण र पोक्सो एक्टको मुद्धा दर्ता भएको छ ।

पुलिसका अनुसार स्वास्थ्य खराब भएपछि ती बालिकालाई अस्पतालमा बच्चाको वार्डमा भर्ना गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org