ताजा समाचार

दसैँको मुखैमा ओली सरकारको जनतालाई यस्तो बम्पर उपहार,गाडी भाडा १० प्रतिशत बढ्यो

काठमाडौं६,असोज।गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ
वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ ।

यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो ।

भाडा बृद्धि आईतबारबाटै लागु गर्ने निर्णय भएको विभागले जनाएको छ ।

गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।

भोलिबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने, भाडा बृद्धिका सहमतिपछि व्यवासायीहरुले टिकट बुकिङ खोल्छौँ भन्नुभएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org