ताजा समाचार

शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै प्रहरीको २३६ रोपनी जग्गा दिने निर्णय

काठमाडौं ७,असोज । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेकोमा प्रहरीले भने असन्तुष्टि जनाएको छ ।

काभ्रेको पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण नहुँदै सरकारले राष्ट्रपति कार्यालयलाई हालको राष्ट्रपति कार्यालयसंगै जोडिएको प्रहरी प्रतिष्ठानको उक्त जग्गा दिने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org