ताजा समाचार

परदेशीएका युवाहरुको कथा-बेथा समेटिएको मार्मिक कोशेली ‘विदेशिएँ रमाई रमाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं ७,असोज  । आफू र आफ्नो परिवारको खुसीका लागि परदेशिएको एक युवा जब घर फर्किन्छ, उसले न श्रीमती भेट्छ न त कमाएर पठाएको सम्पत्ति नै । त्यो बेला त्यस्तो युवकको मन कस्तो निराशाले भरिएला ? यस्तै भावना समेटेर लेखिएको दीनेश सुवेदीको गीतमा बाबुल गिरीले संगीत सिर्जना गरेपछि गायक रामचन्द्र काफ्लेले स्वर भरेका छन् ।
‘विदेशिएँ रमाई रमाई’ बोलको यो गीतको भिडियो शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गायक काफ्लेको अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।
गीतमा विदेश गएर पसिना बगाएर खुसी ल्याउने सपना लिएर गएको युवाको मन कसरी टुट्छ भन्ने भाव व्यक्त गरिएको छ । पत्नीले धोका दिएर अरु नै कसरीको अंगालोमा बेरिएर छाडेर जाँदा कस्तो होला ? यसको जवाफ गीतले दिन्छ ।
गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै कलात्मक तरिकाले निर्देशन गरेका छन । भिडियोमा सम्पदा बानियाँ र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org