ताजा समाचार

आजदेखी हट्यो इन्धन वितरणमा लगाएको कोटा प्रणाली

काठमाडाैँ ७,असोज ।  नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो ।

कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले मागेजति तेल पाउने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

आन्दोलन फिर्ता भएसगै ‘इन्धन आपूर्ति सहज हुँदै गएकाले आजबाट कोटा प्रणाली हटाइएको छ ।उपभोक्ताले मागे जति इन्धन  दिन हामीले पेट्रोल पम्पहरुलाई निगमले ।’

इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।

त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org