भजनी नगरपालिका ३ नेपाल-भार सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाएर ल्याउँदै गरेको भारतीय रुपैयाँसहित ३१ वर्षीय जोशीलाई से४प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएइएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।
जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको उनले जानकारी दिए । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।
भारतीय शहर दिल्लीमा एकजना व्यापारीको केही दिन अगाडि मात्रै करोडौं रकम चोरी भएको थियो ।
रकम चोरी भएदेखि नै ती व्यापारीकहाँ काम गर्ने तीन जना नेपालीहरु फरार रहेका कारण प्रहरीले फेला पारेको रकम भारतीय व्यापारीको हुनसक्ने श्रोतको भनाइ छ ।