ताजा समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित

काठमाडाैँ ७, असोज । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। सिंह नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।

काठमाडौंमा भएको महासंघको ११अौं अधिवेसनमा सिंहले रामशरण देउजा, यज्ञध्वज कार्की र पुरुषोत्तम मानन्धरलाई हराएका हुन्। कांग्रेस निकट नै रहेका देउवा उनका बागी उम्मेदवार बनेका थिए। उनी निवर्तमान महासचिव पनि हुन्।

कार्की सत्तारुढ दल नजिकका प्रत्यासी हुन् भने मानन्धर स्वतन्त्र उम्मेदवारका बनेका थिए। वरिष्ठ उपाध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन्। पाण्डे पनि लोकतान्त्रिक समूहबाट विजयी भएका युवा व्यवसायी हुन्।

निर्वाचित हुनेमा एसोसिएटतर्फ उपाध्यक्षमा आङदोर्जी लामा चयन भएका छन्। महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरि थपलिया विजयी भएका छन्।

कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्। सात प्रदेशबाट उपाध्यक्षमा प्रदेश १ बाट धिरेन्द्र दाहाल, प्रदेश २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा शेर्पा निर्वाचित भएका छन्। यसैगरी गण्डकी प्रदेशमा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न बहादुर खड्का र प्रदेश नम्बर ७ मा टेक बहादुर सेटी विजयी भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org