ताजा समाचार

भूकम्प पीडितले सहुलियतपूर्ण ३लाख ऋण छिट्टै पाउने- सुशील ज्ञावलि

काभ्रे ८,असोज  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् ।

स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् । काभ्रे धुलिखेलको सञ्जीवनी उच्च माविको विद्यालय भवन अनुगमनमा आएका ज्ञवालीले पत्रकारसँगको कुराकानीमा सहुलियत ऋणको लागि रकम व्यवस्थापन भइसकेको बताएका हुन् ।

‘यसअघि सामूहिक ऋणको अवधारणा अगाडि ल्याइयो तर यसको प्रयोग नै गर्न पाइएन, अब स्थानीय सरकारसंगको साझेदारीमा नै भूकम्पको काम सम्पन्न गर्नुपर्ने हुन्छ’ उनले भने ‘हामीले ३ लाख सहुलियत ऋणका विषयमा काम अन्तिम चरणमा पुर्‍याएका छौं ।’

प्राविधिक कारणले केही वास्तविक पीडितले सरकारी अनुदानमा समस्या ब्यहोर्नुपरे पनि अब अन्त्य हुने बताए । ज्ञवालीले पुनर्निर्माणको द्रुत गतिमा लैजान अब स्थानीय सरकारबाट नै सम्बोधन गर्ने गरी काम गरिसकिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org