कांग्रेसको झण्डामा चार ताराको विचमा रूख राख्न प्रस्ताव
काठमाडाैँ ९,असोज । विधान संशोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ। प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ।
पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन्। उनले केही दिनअघि प्रस्ताव सुझावका रूपमा पेस गरेका छन्। उनले पुरानै झण्डामा रहेको चार ताराका बीचमा सेता भागभित्रै रूखलाई पनि राख्न सुझाएका छन्। ‘यसलाई झण्डा परिवर्तनका रूपमा लिनु हुन्न। रूख र चारतारा भएको छुट्टाछुट्टै झण्डा हुँदा आम नागरिकमा अन्योल देखिने भएकाले निर्वाचनको समयमा चिह्नको द्विविधा नहोस् भन्ने मेरो सुझाव हो’, उनले भने, ‘यसले झण्डालाई थप आकर्षक बनाउँछ।’
अधिकारी झापा ५ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए। उनी प्रधानमन्त्री केपी ओलीसँग पराजित भएका हुन्। कांग्रेसको सिद्धान्त र आदर्शलाई चुनाव चिन्हको महत्व र भावनासँग जोड्न सकिने उनको दाबी छ। ‘निर्वाचनका बेला दुईवटा झण्डा बनाइराख्नुपर्दैन। र अरु बेला पनि एउटै झण्डाले पार्टीको प्रचार हुन्छ’, उनले परिमार्जित झण्डाका फाइदाबारे भने, ‘पार्टीले गर्ने विभिन्न आन्दोलन र अभियानमा रूखसहित एउटै झण्डा प्रयोग गर्दा आम नागरिकले सहजै पहिचान गर्न सक्छन्।’
नेपालका केही राजनीतिक दलसहित विदेशमा पनि पार्टीले एउटै झण्डामा चुनाव चिह्न राख्ने गरेको उनले उदाहरणसमेत दिए। ‘अमेरिकाको रिपब्लिकन पार्टीको झण्डामा चुनाव चिह्न हात्ती र डेमोक्रेटिक पार्टीको झण्डामा गधा राखिएको छ’, उनले भनेका छन्, ‘भारतमा भाजपाको झण्डामा कमलको फूल, कांग्रेस आईको झण्डामा हातको पन्जा, समाजवादी पार्टीको झण्डामा साइकल राखिएको छ।
प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ।
कांग्रेसको माथिल्लो र तल्लो पाटोमा रातो रङ छ भने बीचमा सेतो भाग छ। सेतो भागमै चार वटा तारा छन्। कांग्रेसले पार्टीको माथिल्लो रातो भागलाई राजनीतिक क्रान्तिको प्रतीक, बीचको सेतोलाई शान्तिको प्रतीक र तल्लो रातो भागलाई सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको प्रतीकका रूपमा परिभाषित गरेको छ। यस्तै चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचकका रूपमा लिँदै आएको छ।
हालको झण्डाभन्दा हरियो रङको रूखसहित झण्डा बढी बहुरंगी हुने भएकाले थप आकर्षक र चमकदार हुने सुझावमा उल्लेख गरेका छन्। उनले पार्टी कार्यालयमा दर्ता गराएको प्रस्तावबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय कार्यसमितिका सदस्य र सबै जिल्ला सभापतिलाई जानकारी गराएका छन्।
यस्तै पार्टीद्वारा गठित केन्द्रीय विधान संशोधन समितिलाई पनि बुझाएका छन्। ‘सुझाव हामीले पाएका छौं, चारतारे झण्डामा रूख चिह्न राख्ने कुरा तर्कसंगत छ’, समितिका सदस्य रमेश लेखकले भने, ‘तर तत्काल कार्यान्वयनमै गइहाल्ने स्थिति छैन। ७० वर्ष पुरानो इतिहास बोकेको झण्डा परिमार्जन सजिलो छैन। अझै थप छलफल आवश्यक पर्छ।’
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...