निर्मला हत्या प्रकरणः भोलिपल्ट भारतबाट आएका बाबुको अघिल्लो दिनको मुचुल्कामा औंठा छाप
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण गर्नु पर्ने हो ।’
उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए। । ‘दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाएको थियो । मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।’
शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।
गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।
पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ गृहमन्त्री बादलले भने, यति भन्नसक्छु, छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’
गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा प्रश्न नगर्न आग्रह गरेका छन् । बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ परेको भन्दै उनले भने, सरकार र प्रहरीको इमान्दारितामा शंका गर्ने ठाउँ छैन । प्रहरी प्रशासनमाथि अन्याय हुन्छ । परिणाम नआएकाले क्षमतामा शंका गर्ने ठाउँ भने छ ।’
१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरबासीले लगातार आन्दोलन गरेपछि सरकारले स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै अर्को टोली पठाएको छ ।
साथै प्रहरीको लापरवाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । यो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । तर, पन्तको हत्यामा संलग्न पक्राउ परेका छैनन् ।
Comments
अरु समाचार
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...