ताजा समाचार

प्रचण्ड र ओली फेसबुकमै ब्यस्त,ओलीका एक दर्जन आइडी प्रचण्डका तीन दर्जन

काठमाडाैँ ११,असोज । समाजिक सञ्जालहरुले बलात्कार तथा हिंसाका घटना बढाउनमा प्रोत्साहन गर्ने गरेको नेताहरुले बताउने गरेका छन् । अझ पोर्न साइटहरुले बलात्कारका घटना बढाउनमा निकै प्रोत्साहन गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले कतिपय पोर्न साइटहरु बन्द गर्न लगाएको छ ।

तर, नक्कली फेसबुक र ट्वीटरको भने विगविगी रहेको देखिन्छ । त्यतातिर भने उनी नेतृत्वको सरकारको ध्यान जान सकेको छैन । प्रधानमन्त्री ओलीकै नाममा करिब एक दर्जन फेक फेसबुक आइडीहरु रहेको देखिन्छ ।

केपी ओली नाम लेखिएका र प्रोफाइलमा उनकै फोटो राखिएका करिब एक दर्जन फेसबुक आइडी रहेका छन् । त्यस्तै उनकै नाम र प्रोफाइल पिक्चर समेत उनकै फोटो राखिएका ९ वटा ट्वीटर एकाउण्ट रहेका छन् । यी ट्वीटर एकाउण्ट र फेसबुक आइडीमा केपी ओली, खडकप्रसाद ओली लगायतका नाम लेखिएका छन् भने उनकै फोटोको प्रयोग गरिएको छ ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा ३६ वटा फेसबुक आइडी रहेका छन् । र एक दर्जन भन्दा बढी उनको नामका ट्वीटर एकाण्टहरु रहेका छन् । यी एकाण्टहरुमा प्रचण्डकै फोटो र नाम प्रयोग गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा ८ वटा ट्वीटर एकाण्ट र ६ वटा फेसबुक आइडी रहेका छन् । ती एकाण्टहरुमा उनकै फोटो समेत प्रयोग गरिएको छ ।

त्यस्तै अन्य सेलिब्रेटीहरु रविन्द्र मिश्र, गगन थापा, सन्दिप लामिछाने पारस खड्का लगायतका नाम र फोटो प्रयोग गरेर दशौंको सँख्यामा नक्कली फेसबुक आइडी तथा ट्वीटर एकाउण्ट प्रयोग भएको देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org