ताजा समाचार

पोखरामा एक युवाको हत्या

पोखरा १६,असोज । पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ ।

पोखरा महानगरपालिका– ३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।

युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताएको छ ।

प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।

स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org