निर्मला हत्या प्रकरणः हत्यारा पक्राउको माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द
कञ्चनपुर १६,असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ ।
हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एकदिने जिल्ला बन्द गरेको हो ।
नबन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् ।
लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।
बन्दकर्ता नेविसंघका कार्यकर्ता सडकमा भेला हुन थालेका छन् । उनीहरु फाट्ट फुट्ट रुपमा खुलेका केही पसलसमेत बन्द गराउँदै हिडेका छन् । विभिन्न चोकहरुमा बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्रन नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए।
सोमबार नेविसंघले जिल्लाका शैक्षिक संस्थाहरु बन्द गराएको थियो । चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
हत्यारा पत्ता लगाउन, अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको आरोप लागेका प्रहरी अधिकृतहरुलाई कारबाही गर्न तथा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गर्न माग राखेर विभिन्न संघसंस्था, अधिकारकर्मीहरु समेत निरन्तर रुपमा आन्दोेलनमा रहेका छन् ।
Comments
अरु समाचार
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...