ताजा समाचार

जेष्ट नागरिक दिवसकै दिन, २२ वर्षीय युवाद्वारा ७४ बर्षिया बृद्धा बलात्कृत

डोटी १६,असोज ।  डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रब बिष्टले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org