ताजा समाचार

प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदै

काठमाडाैँ १८,असोज ।  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किँदै हुनुहन्छ । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन जानुभएका प्रधानमन्त्री ओली स्वदेश फर्कन लागनु भएको हो ।

उहाँ अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । प्रधानन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ जानुभएको थियो ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गर्नुभएको थियो ।

सोही अवसरमा उहाँँले संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन समेत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org