ताजा समाचार

कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुन्छ : कृषिमन्त्री खनाल: कृषिमन्त्री बलदेव

सिन्धुली १८,असोज । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

नेपालको सन्दर्भमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म लाखौँ सङ्ख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताउँदै अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनको भनाइ छ ।

उनले भने, ‘सरकार विस्तारै परम्परागत खेती प्रणाली फेर्न, जमीनको व्यवस्थापन गर्ने, कृषिमा आधुनिकीकरण गरी व्यावसायिकरण गर्न सामूहिकरुपमा खेती प्रणालीको विकास गर्न र अनुदानलाई व्यवस्थित गर्न लागि परिरहेको छ ।’

उनले अर्गानिक उत्पादन गर्न सरकारले बीउबिजन, कृषि प्राविधिकलगायत समग्ररुपमा सहयोग गर्न पहिला अर्गानिक कृषिउपज उत्पादनलाई ६ नम्बर प्रदेशलाई छनोट गरेको र प्रदेश सरकारसँग सहकार्य भइरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org