ताजा समाचार

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडाैँ २२,असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिरहेको छ ।

तल्ला कमिटिको सांगठनिक एकिकरणका बारेमा बैठकमा छलफल हुने बताइएपनि पार्टीका बरिष्ठ नेता माधव नेपालले राखेको फरक मतका बारेमा पनि छलफल हुने बताइएको छ ।

केहीदिन अघि बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज र संयोजक तथा सचिवको टुंगो लगाएको थियो । तर नेता नेपालले उक्त निर्णयप्रति असहमति राख्दै आईरहेका छन् ।

पार्टी नेता नरायणकाजी श्र्रेष्ठका अनुसार एकतालाई चाडो टुंग्याउनेबारेमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org