ताजा समाचार

पाँच दिनभित्र उखु किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडाैँ २३,असोज । सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भूक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको छ। सोमबार बसेको पाँच मन्त्रीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

‘पाँच दिनभित्र उखु उत्पादनक किसानको रकम भुक्तानी गर्न निर्देशन दिइएको छ’ बैठकमा सहभागी समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने,‘पाँच दिनभित्र रकम भूक्तानी नगरे पक्राउ गरी कारबाहीको तयारी गरेका छौं।’

सिंहदरबारमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री पण्डित र सम्बन्धित मन्त्रालयका सचिवहरुबीच छलफल भएको थियो।

यसअघि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि एक साताभित्र उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन दिएको थियो।

आइतबार मात्रै उखु किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए। हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भूक्तानी गर्नुपर्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org