ताजा समाचार

दशैंको पूर्वसन्ध्यामा दरबारमार्ग किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’

काठमाडौं २४,असोज। दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले किंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो ।

लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबार साँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org