ताजा समाचार

दशैँ मनाउन घर जाने संख्या २६ लाखः १५ लाख मानिसले छाडे उपत्यका (फोटोफिचर)

काठमाडौं २५, असोज । रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा शहर बसेका मानिसहरु दशै मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् ।

दशैं नजिकिँदै गएपछि  काठमाडौंका नाकाहरु नागढुंगा, फर्पिङ, जगाती, मुड्खुको लगायतका नाकमा व्यस्तता बढेको छ ।

ट्राफिक महाशाखाको तथ्यांकअनुसार  असोज २४ गते बेलुकासम्म १५ लाख ४५ हजार ४ सय २३ जना दशै मनाउन उपत्यका छाडिसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो वर्षको दशैंमा काठमाडौंबाट २६ लाख मानिस बाहिरिने अनुमान गरेको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता राजकुमार लम्सालका अनुसार यस पटकको दशैंमा करिब २६ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनका अनुसार गत वर्ष दसैंमा २४ लाख ८७ हजार नेपाली काठमाडौंबाट बाहिरिएका थिए  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org