‘चट्ट दिदी नाँचिदेऊ छमछमी’ बोलको भैलेनी गीत
काठमाडौँ । “चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ । बत्ती र फूलहरूले सजिने रमाइलो पर्व तिहार कात्तिक कृष्णपक्षको त्रियोदशी तीथिबाट सुरु हुन्छ । यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ ।
औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका रुपमा लिने परम्परा छ । भैलेनीलाई दान दक्षिणा र सिदा दिँदा घरमा धनधान्यको बृद्धि हुने पुरानो जनविश्वास रहेको छ ।
यसैलाई आधार मानेर कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको र नोर्बु शेर्पाको संगीत संयोजन ‘ऐरेन्ज’ रहेको छ । त्यस्तै मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीत युट्युब मार्फत् सार्वजनिक भएको छ ।
गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका भाइबहिनीहरू रहेका छन् ।
कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् । मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भ्रमिका निर्वाह गरेका थिए ।
हेर्नुहोस् भिडियो
Comments
अरु समाचार
-
चलचित्र समीक्षा: पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’
काठमाडौं । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन...
- खड्ग राई: कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय(भिडियोसहित)
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
युवा पुस्ताका उदयीमान गायक सुशील भट्टराई
काठमाडौं । नेपाली लोक गीत/संगीत क्षेत्रमा उदयीमान कलाकारहरुमध्य एक सर्वाधिक रुचाइएका कलाकारको नाम हो सुशील भट्टराई । बाल्यकालदेखि नै गीत÷...
-
जनचेतनामूलक “प्रहरी साथमा छ” बोलको म्युजिक भिडियो विमोचन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गरेका छन् ।...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक
काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ । विगत केही वर्षदेखि निरन्तर तिहारका गीत...
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...