ताजा समाचार

सहायक वन अधिकृत ६० हजार घुससहित रङ्गेहात पक्राउ

सुमित्रा कार्की/उदयपुर । उदयपुरका सहायक वन अधिकृत आईतबार ६० हजार घुससहित रङ्गे हात पक्राउ परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक कार्यालयबाट घुससहित पक्राउ गरेको हो ।  डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्र भित्रका एक सेवाग्राहीलाई घाटगद्धीमा राखिएको काठको सेटिङ मिलाई दिने भन्दै सदरमुकाम गाइघाटस्थित सम्पर्ग कार्यालयमा रकम लिदै गरेको अबस्थामा टोलीले पक्राउ गरेको हो ।

कार्यक्षेत्र भित्रका आधा दर्जन सामुदायिक वनका विक्रीका लागि घाटगद्धीमा राखिएका काठहरु प्रकृया पुरा नभएकोले मिलाई दिने भन्दै प्रत्येकसँग रकम माग गर्नेक्रममा पहिलो सेवाग्राहीसँग लिदा लिदै उनी पक्राउ परेका हुन् । सेवाग्राहीले भने सबै प्रक्रिया पुरा गरी राखिएको काठ बाहिर लैजाने तयारी गर्दा साहले पैसा नदिएसम्म लैजान नदिने भन्दै अवरोध गरेको बताएका छन् । पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । उनले काठ व्यवसायीसँग सापटी मागेको बताए । तर सेवाग्राहीले भने सापटी नभई घुस मागेको दावि गरेकाछन् । उनले टेलिफोन गरेर सम्पर्ग कार्यालयमा बोलाएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org