२१ जुवाडे पक्राउ
घोराही । दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।
गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिनुभयो ।
त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट रु ६० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो ।
केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद रु ३४ हजारसहित पक्राउ गरेको थियो । आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिनुभयो । लाखाँै रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...