बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी’ भन्ने हो । उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय छ । शरीरको रङ गोरो र चमकदार छ । उहाँले सेतो वस्त्र (साडी) धारण गर्नुभएको छ, जसलाई पवित्रता र शान्तिको प्रतीक मानिएको छ । उहाँले आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षमाला (रुद्राक्ष वा स्फटिकको माला) समात्नुभएको छ । यसले निरन्तर साधना र ईश्वर चिन्तनको सन्देश दिएको छ । उहाँको देब्रे हातमा कमण्डलु (जलपात्र) हुन्छ; जसले ज्ञान र पवित्रतालाई जनाउँछ ।
ब्रह्मचारिणी देवी कुनै वाहनमा सवार नभई जमिनमा खाली खुट्टा उभिनुभएको वा हिँडिरहेको स्वरूपमा हुनुहुन्छ । यो रूपले कठोर तपस्या गरिरहेको साधकलाई दर्साउँछ । देवीको यो स्वरूपले मानिसलाई कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र लक्ष्यबाट विचलित नभई धैर्यसाथ अगाडि बढ्ने प्रेरणा दिन्छ । पौराणिक कथा अनुसार माता ब्रह्मचारिणीले हिमालयकी पुत्री (पार्वती) का रूपमा जन्म लिनुभएको थियो । देवर्षि नारदको सल्लाहमा उहाँले भगवान् शिवलाई प्राप्त गर्नका लागि कठोर तपस्या गर्नुभएको थियो । उहाँले हजारौँ वर्षसम्म केवल फलफूल र कन्दमूल खाएर तपस्या गर्नुभयो ।पछि हजार वर्षसम्म उहाँले केवल सुकेका पात खाएर र कठोर जाडो, गर्मी तथा वर्षा सहँदै तपस्या जारी राख्नुभयो ।
अन्त्यमा उहाँले हजारौँ वर्षसम्म बिनाकुनै अन्न र जल (निर्जल) तपस्या गर्नुभयो । उहाँको यो कठिन तपस्या देखेर सबै देवता, ऋषिमुनिले उहाँको प्रशंसा गरे । उहाँको ‘ब्रह्मचारिणी’ नामकरण भयो । उहाँको कठोर तपस्याबाट प्रसन्न भएर भगवान् शिवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभयो । धार्मिक मान्यता अनुसार, माता ब्रह्मचारिणीको पूजा गर्नाले जीवनमा संयम, तप, त्याग र दृढ सङ्कल्पशक्ति प्राप्त हुन्छ ।
Comments
अरु समाचार
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












