चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुन: नदोहोर्याउनका निम्ति हो।
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ् राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठुलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहीँ देखि चिनियाँइ तिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ माजापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान् र फङ् हद्वीपसमूह माथि कब्जा जमायो ; १९०० मा अरु विदेशी आक्रमणकारीहरु सँगै पेइचिङ्ग मा आक्रमण गरे ; १९०४ मा जापानरुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भूभाग माथि अतिक्रमण गर्यो ; १९१४ मा छीङ्ग ताओ शहरमा आक्रमण गरी कब्जा जमायो ; १९१५मा चीनको अधिकार हनन हुने ” एक्काइस दाबी ” प्रस्तुत गर्यो ; १९३१ मा चिनियाँ सेना र जापानी सेना बिच द्वन्द हुने ” सेप्टेम्बेर १८ ” घटना घटाएर चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरी कब्जाजमायो ; १९३५ मा मध्य उत्तर चीन घटना र १९३७ जुलाई ७ मा युयान् फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुल माथिआक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो। त्यसवेला उनीहरुले पुरै चीनलाई उपनिवेश बनाई त्यसपछि सम्पूर्णएसियालाई नियन्त्रनमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए। यी शृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरुले गर्दा चिनियाँ जनतामाथि अभूतपुर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य सारस पनि जगायो। देश र जाति जीवन मरणको दोसाँधमा पुगेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सहि रणनीति एवं रणकौशल द्वारा जापानीआक्रमण विरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधयुघ लाई दिशा निर्देश गर्यो। सम्झौता , विभाजन र युद्ध त्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँजातिको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो।
त्यसबेला सोभियत सङ्घ, अमेरिका , कोरिया , भियतनाम , क्यानाडा , भारत , न्युजिल्याण्ड , पोल्याण्ड , डेनमार्क , अष्ट्रिया , रोमानिया , बुल्गेरिया आदि देशका फासिस्ट विरोधी योद्धाहरुले पनिचीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित भएर चीनलाई अति बहुमुल्य समर्थन र सहयोग दिएका थिए। त्यसबखत नेपाली विरहरु पनि युरोप , उत्तर अफ्रिका र दक्षिण पूर्वी एसियाका युद्ध स्थलहरुमा सहयोगी सेनाहरु सँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए। केही दिन अघिमात्र मैले नेपाल स्थित ब्रिटिश राजदुतावासले जापानी सेनाले सहयोगी सेना समक्ष आत्मसमर्पण गरेपछि जपन माथि विजय प्राप्तगरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ। पोखरा ब्रिटिश गोर्खाली सेनाले परेडको पनिआयोजना गरेको थियो। दोस्रो विश्व युद्धको समयमा ब्रिटिश सेनामा नेपाली गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेना सँगएक साथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु। यो सत्यवाद र विश्व शान्तिका निम्ति नेपालले पुर्याएको अद्वितिय योगदान हो , साथै चिनियाँ र नेपाली जनताले आलो रगतको माध्यमबाट गाँसको अनमोल मैत्री पनि हो।
धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनता सँगै चिनियाँ जनताले फासिष्हटरुलाई पूर्णरुपले परास्त परे , जापानी सैन्यवादी आक्रमणकारीहरु लाई पूर्णरुपले पराजित गरे। चिनियाँ जनताको जापानी आक्रमणविरुद्ध को युद्ध र विश्वकाजनताको फासिष्टहरु विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो। अन्तत : अन्धकार माथि उज्यालोको , प्रतिगमन माथि प्रगतिको विजय भयो। आफ्नो लाश बाट “ग्रेट वाल ” निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो।
यो कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको स्पिरिट हो जापानी आक्रमण विरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको स्पिरिटको विकास भयो। चिनियाँ जनताले विश्व समक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेदारी रहेको हुन्छ भन्ने राष्ट्रवाद , मरणलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्न परे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचार सँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने जति दुख सहनु परेपनि नछोड्ने विजय प्रतिको आत्मविश्वास प्रस्तुत गरे। फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनतासवै जुक्ति सोचे , तर कहिले पनि आत्मा समर्पण गर्ने सोचेनन्।
दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ आक्रमणमा परेकाहरुले आत्म समर्पण गरेपनि आक्रमणकरीहरुले नरसंहार गर्न सक्दैनन् , युद्धका निम्ति साहस गर्नु, युद्ध कौशलमा निपुण हुनु नैकुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चमत्कारिक रुपमा सफल हुनुको एकमात्र उपाय हो।
देश धनि जनता बलियो हुनु नै देशको सुरक्षको भौतिक आधार हो। राष्ट्रपति सी चिन् फीङ्गले भन्नु भएको छ , ” पछाडि पर्नेहरुले पिटाइ खान्छन् , विकास गरेर मात्र बलियो हुन सकिन्छ। ” फासिष्ट युद्धवादले विना हिच्किचाहट छिमेकी देशहरुमा आक्रमण गर्ने साहस गर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुको भन्दा सुदृढ भएर नै हो। आज सम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरु देशहरु सँग व्यापारगर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ , यसवाट ” युद्धको भूत ” अझैपनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ। चिनियाँ जातिले इतिहासको यस अन्धकार पृष्ठवाट राष्ट्रिय शक्तिको विकासको महत्त्ववारे गहन रुपले बुझेको छ। आज चीन कुनै पनि प्रकारको बाह्य दवावको प्रतिकार गर्ने सामर्थ्य राख्दछ। चीनका हरेको पुस्ताले मेहनत गरी विशाल उपलब्धि हासिल गरी आफ्नोआत्मविश्वास प्रकट गरेका छन्। मैले वारम्वार भन्ने गरेको छु , नेपालले अहिले सामना गरिरहेका विकास सम्बन्धि हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ , चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसर मा आत्मविश्वास युक्त हुन सक्नेछ।
साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नान् चिङ्गमा आक्रमण गरी ६ हप्ता भन्दा लामो अवधिसम्म आगजनी , बलात्कार , लुटपाट नरसंहार आदि अत्याचार गरे , त्यसमा परेर कम्तिमा ३ लाख जनाको ज्यान गयो। हालै चीनमा नान् चिङ्ग मानव रसंहारको दुखद इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएको ऐतिहासिक चलचित्र ” नान् चिङ्ग फोटो स्टुडियो ” प्रदर्शन भइरहेको उक्त चलचित्र हेरिसकेपछि दुख र रिस साहन नसकी धेरै दर्शकहरुले आँसु बगाए। यस प्रकारको पीडाले मानिसहरुलाई सास फेर्न समेत गाह्रो भएको अनुभव गराउँदछ। चिनियाँ जातिले जापानी आक्रमणको दुख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ, समानताको आधारमा अरुको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ। चीनले आफुले भोगिसकेको युद्धको आघात कदापि अरु कुनै देश माथि लाद्ने छैन, कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन , विस्तारवादी नीति अपनाउने छैन , प्रभवक्षेत्र बनाउन खोज्ने छैन। चिनियाँ शैलोको आधुनिकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो, उपनिवेश बनाएर लुट्नेपुरानो तरिका र देश शक्तिशाली बने पछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइवाट यो पूर्णरुपले मुक्त्त छ , यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो। हामी नेपाल लगायत विश्वका सम्पूर्ण देशहरु सँग संयुक्त रुपमा मानव जातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौँ , विश्वमा साँच्चैको शान्ति , विकास रस्तरोन्नति ल्याउन चाहन्छौँ।
फ्रेन्च इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ” इतिहासका बाह्र पाठ ” मा एक विचारणीय कुरा लेखेका छन् , ” इतिहासकाअध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना घटे र के कारणले घटे, त्यसवारे बुझ्नका निम्ति हो। ” इतिहासलाई बिर्सनेले अवस्य पनि पहिले कै गल्ति दोहोर्याउने छ ; इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि। यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिष्टविरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउदै छौँ। यसबाट हाम्रो शान्ति प्रतिको तिव्र इच्छा प्रकट भएकोछ। हामी विश्व भरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका निम्ति सहयोग गर्ने छौँ , यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो। हामीलाई विश्वास छ , हाम्रा युवा प्रतिभाहरुलेअवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रुपमा मानव जातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडिबढी युगले दिएको जिम्मा र मिशन पूरा गर्न सक्ने छन्।
लेखक नेपालका लागि चिनियाँ राजदूत हुन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












