भारतविरुद्ध अष्ट्रेलियाको कप्तानी ७ वर्षे आर्चीले गर्ने
एजेन्सी । भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगमी बुधबारदेखि मेलवर्नमा सुरू हुँदैछ। यसअघिका दुई खेलमध्ये पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको थियो।
यसैबीच अष्ट्रलेयाले भारतविरूद्धको तेस्रो टेस्टका लागि आफ्नो १४ सदस्यीय घोषणा गरेको छ।
जसमा ७ वर्षिय आर्ची शिलरलाई टोलीमा राखिएको छ। कप्तान टिम पेनले घोषित टोलीमा रहेका आर्चीलाई सह-कप्तान बनाइएको छ।
पछिल्लो केहि दिन आर्चीले अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास गरिरहेका छन्। आर्चीले गरेको अभ्यासको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अन्तर्राष्ट्रिय समाचार अनुसार गत डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो।
उक्त शल्यक्रियामा चिकित्सकले जे पनि हुनसक्ने बताए पछि आर्चीका बुबाले उनलाई आफ्नो इच्छाबारे सोधेका थिए। त्यतिखेर उनले अष्ट्रेलियन टोलीको कप्तानी गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने आफ्नो इच्छा रहेको बताए।
आर्चीको उक्त प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले सात वर्षे बालकलाई उनको चाहना पुरा गर्न मौका दिएको हो। अस्ट्रेलियाली कप्तान टिम पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा यस्तो घोषणा गरेका हुन्।
विराट कोहली र टिम पेनले आर्चीसँगै फोटो खिचाएका छन्। आर्ची अस्ट्रेलियाई स्पिनर नाथन लायनका ठूलो फ्यान पनि हुन्।
आर्ची तीन महिनाको हुँदा उनलाई मुटुरोग लागेको थियो। त्यतिखेर मेलबर्नमा डाक्टरहरूले सात घन्टा लगाएर उनको पहिलो सर्जरी गरेका थिए। ६ महिना पछि फेरि उनको मुटुको भल्ब फेर्नुपर्यो। त्यसपछि पुनः उनलाई मुटुको समस्या बल्झियो । चिकित्सकका अनुसार अब उनको मुटुको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको छ। यसमा जे पनि हुन सक्ने बताएका छन्।
तर सन् १०१८ को क्रिसमसले आर्चीका लागि खुसी लिएर आउनेछ।
अस्ट्रेलियाली कप्तान टिम पेनले आर्चीले हाम्रो टिमको नेतृत्व गर्नु हाम्रा लागि प्रेरणादायी कुरा भएको बताएका छन्।
‘हामीलाई थाहा छ, आर्ची र उनका परिवार ठूलो समस्यामा छन्। आर्चीलाई यो अवसरले केही राहत दिनेछ,’ उनले भने।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...