‘ए’ डिभिजन लिग : बाहौँ चरणका खेल सोमबारदेखि
काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् ।
एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।
सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन् । सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।
एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शत्प्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बन्यो ।
उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सङ्कटा क्लब २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचाँै स्थानमा छ ।
त्यसैगरी १७ अङ्कसहित हिमालयन शेर्पा छैटाँै, समान १७ अङ्क जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) सातौँ, १५ अङ्कसहित च्यासल युथ क्लब आठौँ र ११ अङ्क जोडेको जावलाखेल युथ क्लब नवौँ स्थानमा छ । दश अङ्क रहेको सरस्वती दशाँै स्थानमा छ भने ९ अङ्क जोडेको फ्रेण्डस क्लब एघारौँ स्थानमा छ । त्यस्तै ६/६ अङ्क रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः बाह्राँै र तेह्राँै स्थानमा छन् । न्यूरोड टिम (एनआरटी) पाँच अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...