भाजपाविरूद्ध उत्तर प्रदेशमा मायावती-अखिलेश गठबन्धन
एजेन्सी। भारतमा आगामी मेमा हुने लोकसभा चुनावका लागि राजनीतिक ध्रुवीकरण हुन थालेको छ।
शनिबार उत्तर प्रदेशका दुई क्षेत्रीय दलले केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीविरूद्ध गठबन्धनको घोषणा गरेका छन्।
पूर्वमुख्यमन्त्रीहरू मायावती र अखिलेश यादवका पार्टीबीच उत्तर प्रदेशका ८० मध्ये आधा-आधा सिटमा मिलेर उम्मेद्वारी दिने सहमति भएको हो। दुई सिट उनीहरूले अन्य दललाई छोडिदिएका छन्। तर ती दल कुन हुन् भन्ने खुलाइएको छैन। कतिपयले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी र पूर्वधअध्यक्ष सोनिया गान्धीका लागि दुई सिट छोडिएको हुन सक्ने बताएका छन्।
लखनऊमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले समाजवादी पार्टीसँगको गठबन्धनले भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निद्रा नपर्ने बताइन्।
‘यो महत्वपूर्ण र ऐतिहासिक पत्रकार सम्मेलनले भाजपाका गुरू चेलाको निद हराम हुनेछ,’ मायावतीले भनिन्।
सन् १९९५मा यी दुई दलको उत्तर प्रदेशमा गठबन्धन सरकार थियो। समाजवादी पार्टीका कार्यकर्ताले मायावतीलाई गरेको व्यवहारलाई कारण बनाएर त्यसपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो।
‘देशका लागि हामीले लखनऊ गेस्ट हाउसमा भएको उक्त घटनाबाट माथि उठेर फेरि एक हुने निर्णय गरेका छौं,’ मायावतीले पत्रकार सम्मेलनमा भनिन्।
अखिलेशले उनलाई सहानुभुति दर्साउँदै भने- मेरा सबै कार्यकर्तालाई भन्न चाहन्छु, मायावतीजीको कुनै पनि बेइज्जतलाई मैले मेरो व्यक्तिगत बेइज्जतका रूपमा लिनेछु।
गत वर्ष उत्तर प्रदेशका तीन क्षेत्रमा भएको उपनिर्वाचनमा पनि यी दुई दलले गठबन्धन बनाएका थिए।
मायावती र अखिलेशले आफ्नो गठबन्धनमा प्रमुख प्रतिपक्षी कंग्रेसलाई सहभागी नगराउने बताएका छन्।
कंग्रेसबाट आफूलाई कुनै मत नथपिने भएकाले उसलाई गठबन्धनमा समावेश नगरेको उनीहरूको तर्क छ।
कंग्रेस अध्यक्ष गान्धीले मायावती-अखिलेशको गठबन्धन बनेपछि प्रतिक्रिया दिँदै कंग्रेस पूर्ण ताकतका साथ उत्तर प्रदेशको चुनावमा होमिने बताए।
उनले दुबै जनाप्रति आफ्नो सम्मान रहेको भन्दै उनीहरूले जे चाहन्छन् त्यो पूरा गर्ने उनीहरूको अधिकार भएको बताए।
भारतको लोक सभाका ५४५ सिटमध्ये उत्तर प्रदेशमा ८० सिट छन्। सन् २०१४ को चुनावमा भाजपाले ७१ सिटमा जित हात पारेको थियो। समाजवादी पार्टीले ५ सिट पाएको थियो भने कंग्रेसले २ सिट जितेको थियो।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...