भेनेजुएला प्रकरणबारे प्रमः म फर्किदै थिए हत्तारिएर प्रचण्डको वक्तव्य जरुरी थिएन !
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् ।
भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए ।
ओलीले बुधबार बिहान बालुवाटारमा कान्तिपुरलाई संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ राष्ट्रपति ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि भयो । दुई–तीन शब्द बढी गएको हो ।’
ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा नेपाल भारतमा पर्ने भन्ने होइन र भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम’ म्यागेजिनले गरेको थियो ।
‘यस्ता संवादका विषयवस्तुबारे हामी साधारणतया प्रतिक्रिया दिँदैनौं,’ प्रधानमन्त्री ओलीसँगको भेटबारे जिज्ञासा राख्दा अमेरिकी दूतावासकी प्रवक्ताले भनिन्, ‘तर राजदूतले प्रधानमन्त्रीसँग अमेरिका–नेपाल सम्बन्धबारे बोल्न पाउने अवसरको स्वागत गर्नुभयो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
बुझिएअनुसार राजदूत बेरीले आगामी सम्बन्ध कसरी अर्थपूर्ण र महत्त्वशाली बनाउनेबारे प्रधानमन्त्रीसँग भनाइ राखेका थिए ।
द्विदेशीय सम्बन्ध र साझेदारी लामो रहेको र अब यो साझेदारीको नेपाललाई कस्तो अर्थ छ भन्ने काममा हेर्न चाहेको उनले बताएका थिए । ओलीले बुधबार राति नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ साक्षात्कारमा पनि दाहालको वक्तव्य जरुरी नभएको प्रस्ट पारे । ‘अलिकति स्लिप भएकै हो, अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म (स्वदेश) आउँदै थिएँ, वक्तव्यमा उपयुक्त भाषा पनि भएन भन्ने छ,’ उनले अध्यक्ष दाहालको नाम नलिई भने।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे...
-
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको...
-
काठमाडौं महानगरपालिकाद्वारा ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले 'स्थानीय पेय पदार्थको ब्राण्डिङ्' सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका...
-
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अधिकांश दसस्यहरूले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्। आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा...
-
प्रतिनिधि सभाको बैठक बस्दै,गृह,अर्थ र शिक्षा मन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।...
-
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा...
-
कमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित बनाउनु पर्छः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता...
-
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ ।महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा...
-
जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण आवश्यक छः राष्ट्रपती पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार,...