ताजा समाचार

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अधिकांश दसस्यहरूले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्।

आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरिएको हो।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org