आफ्नै ट्याक्सीमा युवक मृत भेटिए
काठमाडाैं । सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफँैले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् ।
आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्पर्क नभएपछि श्रीमती सिर्जनाले प्रहरीलाई जानकारी गराइ आफँैलेसमेत खोजी गर्ने क्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अवस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल लैजाँदा मृत्यु भइसकेको जानकारी गराइएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी र श्रीमती सिर्जना लिवाली पुग्दा ट्याक्सी नजिकबाट भाग्दै गर्दा चार जनालाई प्रहरीले पक्राउ गरी अनुसधान शुुरु गरेको उनले जानकारी दिए । पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका– ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका– १ ट्याङ्थली घर भई हाल चाँगुनारायण– ९ ताँथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताँथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन् । प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...