रुविनाको ह्याट्रिकमा कुवेत विरुद्ध नेपालको जित, क्वालिफायरको सम्भावना न्युन
थाइल्याण्डमा जारी आइसीसी महिला वर्ल्ड कप क्वालिफायर एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाइ ३० रनले पराजित गरेको छ । कप्तान रुविना क्षेत्रीको ह्याट्रिक मद्दतमा नेपालले कुबेतलाई हराएको हो ।
रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन्। रुविनाले नेपालको जितमा अलराउण्ड प्रदर्शन गरिन्। आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट लिएकी हुन्।
बैँककस्थित एआइटिजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।
नेपालको लागि बिन्दु रावलले ४९ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट २८ रन बनाइन्। यस्तै कप्तान रुविना क्षेत्रीले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ रन जोडे।
४६ रन हुँदा ५ विकेट गुमाएको नेपालको इनिङ्स बिन्दु र नेरीले उकासेका थिए। यी दुईले छैटौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। यस्तै विन्दु र रुविनाले सातौँ विकेटका लागि ३३ रनको साझेदारी गरे।
रुविनाले १३ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाइन्। कुवेतका लागि कप्तान मर्याम ओमार र प्रियदा मुरलीले २-२ विकेट लिइन्।
कुवेतका लागि कप्तान ओमारले सर्वाधिक २९ रन बनाइ। छैटौँ ओभरमा पहिलो विकेटको रुपमा सब्रिन जाकीलाई १२ रन गुमाए पनि ओमा र र मुरलीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासेका थिए।
तर करुणा भण्डारीले १४औँ ओभरमा २ विकेट लिनुका साथै एक रनआउट समेत गराएपछि नेपालले कुवेतमाथि दवाव बनाएको थियो। कुवेतका ओमरले २९, मुरलीले १४ र जाकीले १२ रन बनाइन्। मरियमा हैदरले नटआउट १२ रन बनाइन्।
कप्तान रुविनाले इनिङ्सको अन्तिम ३ बलमा कुवेतका खादिजा खलिल, मदिहा जुवेरी र जिफा जिलानीलाई लगातार आउट गर्दै ह्याट्रिक पुरा गरिन्।
७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ। र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ।
दोस्रो खेलमै थाइल्याण्डसँग पराजित भएको नेपाललाई बाँकी टिमहरुले पनि चुनौती दिएको थियो।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...