मदन भण्डारी लोकमार्गले रोल्पा छुने
काठमाडाैं । कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।
सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर हुँदै सल्यानको दामाचौर जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि जनस्तरबाट आलोचना भएको थियो ।
रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सडकले रोल्पालाई नछुने गरी डिजाइन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न बहादुर भवन पुगेका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । यसै अनुसार संशोधन र डिपीआर निर्माण हुने मन्त्रीले जानकारी गराउनुभयो, प्रेस संयोज घर्तीले भने ।
उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । सो लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आएका थिए ।
झापाको शान्तिनगरबाट शुरु हुने लोकमार्ग सुनसरी धरान, चतरा, उदयपुरको गाईघाट कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको वाग्दुला, देवीस्थान, दाङको घोराही तुल्सीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर डोटीेका सीमचौर, विपीनगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर जोगबुढा हुँदै रुपालसम्म जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हुँदै सुर्खेत जोडिने भएको छ ।
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...