राैतहटमा हावाहुरीका कारण एक महिलाको मृत्यु
रौतहट । हावाहुरीका कारण राैतहटमा एकजनाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान करिब ९ बजे आएको हावाहुरीका कारण देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ ।
घरको छाना हावाले उडाउदा टाली खसेर गम्भीर चोट लागेपछि उनको मृत्यु भएको स्थानिय हरिहर चमनइले जनाएका छन् । तर, राैतहट प्रहरी एसपी भुपेन्द्र खत्रीले भने हावाहुरी भन्दा पनि घरको छाना उडाएपछि चिसोका कारण मृत्य भएको हुनसक्ने जनाएका छन्।
हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका ५५ भन्दा बढी घरको छाना उडाएको छ । केही गाउँमा विद्युत अवरुद्ध भएको छ । असिनाले अन्नबालीमा समेत क्षति पुगेको छ । स्थानीय देवाही गोनाही नगरपालिकाको अधिकांश घरका छाना उडाएको छ। ‘अधिकांशको घरको छानामा लगाएको खपडा टाली र फुसको छानामा क्षति पुगेको छ,’ मेयर धर्मेन्द्र पटेलले जनाए ।
देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए ।
वेगमा आएको हावाहुरीले गाैर भन्सार कार्यालयको फलामे वैरियर समेत भाचिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...