ताजा समाचार

अन्नपूर्ण मिडियाको ग्रुप एडिटरबाट विजयकुमारले दिए राजीनामा

काठमाडाैं । अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटरबाट पत्रकार विजयकुमार पाण्डेले राजीनामा दिएका छन् ।

पाण्डेले आफनो दोश्रो पुस्तक प्रकाशन र एपीवान टेलिभिजनमा मेगा-सिरिजको कार्तक्रमको प्रस्तुतिकालागि समय अभाव भएको भन्दै राजीनामा दिएका बताएका छन्।

राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्- २०७६ सालमा आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टेलिभिजनमा एक मेगा-सिरिज कार्यक्रमको प्रस्तुति र श्रव्य दृश्यको डिजिटल प्लेटफार्ममा बढी समय दिनु पर्ने भएकोले अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर पदबाट राजिनामा दिएको छु।’

पाण्डे २०७४ असोजमा अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर नियुक्त भएका थिए । तर, पाण्डेले नेतृत्व गरिरहँदा तारागाँउ रिजेन्सीबारे विवाद उत्पन्न भएको थियो । पाण्डेका विरुद्ध सामाजिक संजाल ट्वीटरमा नै पत्रकारहरुको युद्ध चलेको थियो भने, उनको पहिलो पुस्तक खुशीका पान्नाहरु समेत पल्टिएका थिए । जुन पानामा तारागाँउ रिजेन्सीमा संचालकसँ रक्सी खाएको लगायतका थुप्रै कुराहरु समावेश गरिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org