बुद्धको मावलीमा काष्ठकला राष्ट्रिय कार्यशाला
गौतम बुद्धको मावली गाउँ देवदहमा बुधबारदेखि काष्ठकलाको राष्ट्रिय कार्यशाला हुने भएको छ । प्राचीन कोलीय गण राज्यको राजधानी देवदहलाई उद्यानको शहर बनाउने गरी देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने भएको हो ।
लुम्बिनी । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ गतेसम्म कार्यशाला सञ्चालन हुने र त्यसमा देशका प्रख्यात मूर्तिकारले बुद्धको जीवनसंँग सम्बन्धित विभिन्न मूर्ति तयार गर्ने जानकारी दिए । मूर्तिलाई सोही उद्यानमा व्यवस्थित गरेर राखिने बताइएको छ । राष्ट्रिय कार्यशालाको मुख्य उद्दे्श्य देवदहका उद्यानहरुमा बुद्धत्व झल्किनेगरी बुद्ध मूर्ति राख्ने रहेको आयोजक कमिटीका सचिवालय सदस्य तथा ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताए । आयोजकका अनुसार कार्यशालामा संस्कृतिविद् डा गितु गिरी, बौद्ध विषयका ज्ञाता डा कृष्ण न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेलगायतले बुद्ध जीवनका बारेमा मूर्तिकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह आयोजक रहेको कार्यशालाको मुख्य संरक्षक देवदह नगरपालिका पर्यटन प्रबद्र्धन समिति र मुख्य प्रबद्र्धक ड्रिम देवदह युनिटी फर चेन्ज छन् । यसैगरी नेपाल पर्यटन पत्रकार महासङ्घ रुपन्देही, आरम्भ समसामयिक नेपाली मूर्तिकार समूह, गाउँ वन समन्वय सञ्जाल, अनुराग साहित्य समाज, उज्यालो लालटिन प्रतिष्ठान, खेमा तमू छोज धीं सहआयोजक रहेको उक्त कार्यक्रमलाई स्थानीय विभिन्न क्लब र समूहले सहयोग गरिरहेको आयोजक कमिटीका सचिवलाय सदस्य दीपेश बस्यालले बताए ।
सरकारले पर्यटनका १०० गन्तव्यमा समेत समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नहुँदा देवदह आउनेहरु केही बेरमै फर्किन थालेपछि कार्यशालामार्फत उद्यान बनाएर पर्यटक भुलाउने लक्ष्य पनि रहेको कार्यशालाका प्रचारप्रसार समितिका संयोजक गोविन्द घर्तीले बताए । कोलीय सभ्यताका विषयवस्तु, सूचना र मिथकहरु बौद्ध विद्वान्ले दिएका आधारमा मूर्तिकारहरुले बुद्ध जीवनसँंग सम्बन्धित मूर्ति तयार गर्ने प्राज्ञ यम बहादुर थापाले बताए । बुद्धको मावली तथा ससुरालीसमेत रहेको देवदहमा त्यस्तै प्रकृतिका मूर्ति तयार गर्ने तयारी भएको प्राज्ञ गोविन्द चौधरीले बताए ।
कार्यशालामा प्राज्ञ लालकाजी लामा(काठमाडौँ), प्राज्ञ गोविन्दप्रसाद चौधरी (रुपन्देही), प्राज्ञ यमबहादुर थापा( रुपन्देही), उपप्राध्यापक भुवन थापा (काठमाडौँ), मूर्तिकार राजन काफ्ले (रौतहट), मूर्तिकार लक्ष्मण भुजेल (हेटाँैडा), मूर्तिकार राजु पिठाकोटे (इलाम), मूर्तिकार प्रथमराज बज्राचार्य (काठमाडौँ), मूर्तिकार बुद्ध चौधरी (रुपन्देही), मूर्तिकार भीमबहादुर श्रेष्ठ (चितवन), मूर्तिकार हरिराम अधिकारी (गुल्मी), मूर्तिकार दिनेश्वर महतो (चितवन), मूर्तिकार केडी याख्या (झापा), मूर्तिकार अनमारी तामा¬ (काठमाडौँ), मूर्तिकार विशाल सारु मगर (इलाम), मूर्तिकार कुमार थापा (गुल्मी) र मूर्तिकार हरिबहादुर थापा (रुपन्देही) सहभागी रहने मूल आयोजक कमिटीका सचिवालय सदस्य समरबहादुर खड्काले बताए ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...