ताजा समाचार

नेकपा सचिवालय बैठक : जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंग्याइँदै

काठमाडौं । दुई अध्यक्षबीचको वाकयुद्ध छल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टी एकताका क्रममा भएको सहमतिलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वाकयुद्ध केही शान्त भएपछि सचिवालय बैठक बसेको हो।

बालुवाटारमा जारी बैठकमा नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

आजको सचिवालय बैठकमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पुरानो सहमति अनुसार अबको १५ महिनामा सत्ता आफूलाई दिनुपर्ने भनेपछि उत्पन्न परिस्थितिबारेमा पनि छलफल हुने भएको छ ।

त्यसैगरी बैठकमा पोलिटब्युरो समिति निर्माणबारे छलफल हुने एजेन्डा भए पनि यसको टुंगो नलाग्ने भएको छ। पार्टी एकताप्रक्रिया टुंगो लागिनसकेका अवस्थामा दुई अध्यक्षबीच सत्ता हस्तान्तरणलाई लिएर चलेको विवादबीच बैठक बसेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org