अपडेटः मृत्यु हुने तीन जना एकै परिवारका, बसमा ४५ यात्रु रहेको पुष्टि (नामवलीसहित)
काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस आज (शुक्रबार) बिहान त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ ।
सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको थियो । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा बढी हराइरहेको प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। उनीहरू एकै परिवारका रहेकाे प्रहरीकाे भनाइ छ।
१ चालक, १ कण्डक्टर र १ सहचालक रहेको बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन र कौडेना गाउँपालिका शिवनगरका मोहम्मद मतलुङ छन् । लक्ष्मीपुरका मनिष रायको नाममा २, औरहीका रवि कुमारको नाममा ३ जना र भारत मुज्जफरपुरका आशिष कुमारकाे नाममा दुई जना यात्रुले टिकक लिएको काउन्टरको रेकर्डमा फेला परेको छ । त्यसैगरी, भारतका अररियाका दिलीप दासकाे नाममा तीन, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारकाे नाममा चार, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोकाे नाममा ३, भारत लरकवाका रामबाबु यादवको नाममा ३ र कुवारीका अजय ठाकुरले दुई जनाले टिकट लिएर बस चढेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।
त्यस्तै, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा पनि बसमा सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा परेका १६ को भने उद्धार गरेको छ । उद्धार गरिएकामा भूपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी र राहुल रहेका छन् ।
दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ । दुर्घटनामा ३ को मृत्यु र १६ को उद्धार गरिए पनि बाँकी यात्रु भने हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...