नेपालमा उत्साहजनक लगानीमैत्री वातावरण बनिसकेको छः प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘तिलोत्तमा लगानी सम्मेलन’को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गरेका हुन्।
उनले विदेशी लगानीकर्ताहरुले चासो व्यक्त गरिरहेको भन्दै लगानीकर्तालाई सहज हुनेगरी वातावरण तयार गर्न सरकारले भूमिका निर्वाह गरिरहेको जनाए । ‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ,’ उनले भने, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्न सक्नुपर्छ ।’
तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै नेकपाका अध्यक्षसमेत रहेका दाहालले रुपन्देही क्षेत्र मुलुककै व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वारका रुपमा उपयुक्त रहेको जिकिर गरे ।
‘यो सम्मेलनलाई मुुलुकले पनि राम्रैसँग हेरेको छ,’ उनले भने, ‘तिलोत्तमाको यो प्रयासलाई संसारले पनि हेरिरहेको छ, यसले दीर्घकालीन महत्व राख्छ, यसबाट अरु स्थानीय तहहरुले पनि सिकुन् ।’
उनले नेकपाले सरकारको नेतृत्व लिएको डेढ वर्षमात्रै भएको भन्दै धेरै नकारात्मकता नफैलाउन आग्रह गरे ।
‘हामीले नेतृत्व गरेको डेढ वर्षमात्रै भएको छ, धेरै नकारात्मकता फैलाउने काम नगरौं, २ सय ५० वर्षसम्मको फोहोर पखाल्न समय लाग्छ, धैर्य गरौं,’ उनले भने ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...