ताजा समाचार

ऋणजालमा फस्ने गरि चीनको रेल नबनाउन बाबुरामको सुझाव

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई ६ बुँदे सुझाव दिएको भन्दै चीनबाट रेल ल्याउँदा अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाएको जनाएका छन् ।

रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने सुझाव दिएको भन्दै सडकमा जोड दिदै कर्णाली-गण्डकी-कोशी करोडोरलाई प्राथमिकता दिन समेत सुझाएको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको आसन्न राजकीय नेपाल भ्रमणका एजेण्डाबारे छलफल गर्न आज बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका थिए ।

यस्तै, डा. भट्टराईले चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिएर समानान्तर सम्बन्ध स्थापित गर्न समेत सुझाएको भन्दै ट्विट गरेका छन् । भने, चीनसँग मात्रै सुपुर्दगी सन्धी तत्काल नगर्न र लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने धारणा राखेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org